मुग्लिन पोखरा सडकको म्याद तेस्रो पटक थपियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन पोखरा सडकको म्याद तेस्रो पटक थपियो

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८३, मंगलवार

    दमौली, २३ असार । मुग्लिन पोखरा सडक (पश्चिम खण्ड) आयोजनाको निर्माण अवधि तेस्रो पटक थपिएको छ।

    तनहुँको जामुनेदेखि कास्कीको पोखरा पृथ्वीचोकस्थित सेती पुलसम्मको ३८.७१ किलोमिटर सडक स्तरोन्नति तोकिएको मिति असार १६ गतेसम्ममा नसकिएपछि तेस्रो पटक म्याद थपिएको हो।

    २०७८ साल जेठ ३ गते निर्माण सम्झौता भई दुई वर्षमा सक्ने लक्ष्य लिइएको यस सडक खण्ड विविध कारणले समयमै नसकिएपछि यसअघि दुई पटक एक÷एक वर्ष निर्माण अवधि थपिएको थियो। तर दोस्रो पटकको म्याद सकिदा पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक निर्माण अवधि ५ महिना थपेर २०८३ साल मंसिर १० गतेसम्म लम्ब्याइको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

    प्रि–मनसुनको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका कारणले निर्माण कार्य प्रभावित भई निर्माण कार्यमा ढिलाइ भएकाले म्याद थप गरिएको उनले प्रस्ट्याए। ‘थपिएको म्याद भित्र निर्माण सम्पन्न गर्ने गरी अहिले काम भइरहेको छ’, उनले भने।