दुलेगौडामा सेती नदीमा महिलाको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगौडामा सेती नदीमा महिलाको शव फेला

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८३, बिहीबार

    दमौली, २५ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ । नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिनुभयो । महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।