


काठमाडौ, २६ असार । किलियन एमबाप्पे र ओसमन डेम्बलेले ६ मिनेटको अन्तरमा गोल गरेपछि फ्रान्स विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेको छ । फ्रान्सले शुक्रबार बिहान भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्यो ।
डिडियर डेस्याम्प्सको टोली लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ । २०१८ मा रुसमा विश्वकप उपाधि जितेको फ्रान्स २०२२ मा कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीचको क्वाटरफाइनल विजेतासँग खेल्ने छ ।