छिर्कनेमा हाईस दुर्घटनामा घाइतेको नामावली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छिर्कनेमा हाईस दुर्घटनामा घाइतेको नामावली

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८३, शुक्रबार

    दमौली, ८ साउन । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा आज अपराह्न हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

    काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०१७१ नम्बरको हाईस चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। हाईसमा चालकसहित १२ जना सवार रहेकामा ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका हुन्।

    घाइते हुनेमा बाँकेको खजुरा गाउँपालिका–२ का ३२ वर्षीय रमेश क्षेत्री, काठमाडौंको नागार्जुन नगरपालिका–१ की ५६ वर्षीया शशीकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका–११ का ५५ वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका–१ की ३५ वर्षीया तारा सुब्बा, दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ का २७ वर्षीय नविन खड्का र सप्तरीको खडक नगरपालिका–४, अमाहाका १७ वर्षीय उज्ज्वल यादव रहेका छन्।

    यस्तै बझाङको जयपृथ्वी नगरपालिका–२ का २९ वर्षीय माधवप्रसाद जोशी र बित्थडचिर गाउँपालिका–८ का २४ वर्षीय जीवन जोशीको घाइते भएको प्रहरी नायब उपरिक्षक घिमिरेले जानकारी दिए ।

    घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।