


दमौली, १० साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार सरकार गठनपछि तीन महिनाको अवधिमा निर्वाचन क्षेत्रमा ४२ वटा जनसंवाद तथा भेटघाट कार्यक्रम सम्पन्न भएको बताएका छन्।
उनले एक वर्षभित्र कम्तीमा १४४ वटा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिइरहेको उल्लेख गरेका छन्। सांसद न्यौपानेले यस्ता कार्यक्रममार्फत नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई नजिकबाट बुझेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।