भत्किएको मनकौरी मोटरमार्गमा मन्त्री नेपालीको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भत्किएको मनकौरी मोटरमार्गमा मन्त्री नेपालीको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८३, सोमबार

    दमाैली ११ साउन। मनकौरी मोटरमार्गमा गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्दबहादुर नेपालीले निरीक्षण गरेका छन् । सोमबार शुक्लागण्डकी-२ का जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुखसहित मन्त्री नेपालीले मनकौरी मोटरमार्गको निरीक्षण गरेका हुन् ।

    मन्त्री नेपालीले सहरी विकास तथा भवन कार्यालय कास्कीसँग सहकार्य गरेर सडक मर्मत गर्ने बताए । उनले अफ्ठ्यारो ठाउँमा मर्मत गर्नलाई प्रदेश सरकारमार्फत १० लाख रुपैयाँसम्म बजेट व्यवस्थापन गर्न सक्ने बताए । मनकौरी मोटरमार्ग कालोपत्रे गरेको सडक एक बर्ष नहुदैं भत्किएपछि चौतर्फी विरोध भएको थियो । स्थानीयले पटक पटक मर्मतका लागि कार्यलय र ठेकेदारलाई अनुरोध गरेपनि अटेरी गरिरहेका छन्