म्याग्दे गाउँपालिकाका चार शाखा प्रमुख सहित कर्मचारी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाका चार शाखा प्रमुख सहित कर्मचारी सम्मानित

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८३, सोमबार

    दमौली, ११ साउन । म्याग्दे गाउँपालिकामा कार्यरत उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने, शिक्षा अधिकृत तथा शिक्षा सामाजिक विकास शाखा प्रमुख विष्णु क्षेत्री र लेखा अधिकृत तथा आर्थिक प्रशासन शाखा प्रमुख शिवजी थापा सम्मानित भएका छन्।

    गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट सार्वजनिक कार्यक्रममा सोमबार उनीहरूलाई उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण तथा गाउँपालिकाको विकास र सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

    उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरेका थिए।

    आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले उद्ममशीलता विकास, सहकारी प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याएका छन्। शिक्षा अधिकृत विष्णु क्षेत्रीले शिक्षा सुधार, सामाजिक विकास तथा बालमैत्री कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् भने लेखा अधिकृत शिवजी थापाले वित्तीय अनुशासन, पारदर्शी बजेट व्यवस्थापन र आर्थिक सुशासन कायम गर्न योगदान पुर्‍याएको भन्दै गाउँपालिकाले सम्मान गरेको जनाएको छ।

    यसै अवसरमा पशु विकास शाखा प्रमुख पशु विकास अधिकृत मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं. ५ का सचिव विमला गैरे, कार्यालय सहयोगी महेन्द्रकुमार श्रेष्ठ, समुन्द आलेलाई पनि उत्कृष्ट कार्य सम्पादनका आधारमा सम्मान गरिएको थियो।

    कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीलाई गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विशेष सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै म्याग्दे उद्योग वाणिज्य सघका अध्यक्ष सुन्दरमणि अधिकारी पनि सम्मानित भएका छन् । ।