


दमौली, १२ साउन । नेपाली कांग्रेसका युवा नेता हरि खनालले पार्टीको आगामी अधिवेशनमा व्यासनगर समितिको सभापति पदका लागि आफ्नो दावेदारी सार्वजनिक गरेका छन्।
खनालले राजनीतिक यात्राका क्रममा जिम्मेवार पदमा रहेर संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले सभापति पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेको बताएका छन्।
उनले आफूलाई धेरै साथीभाइ तथा शुभेच्छुकबाट सकारात्मक सुझाव, सल्लाह र हौसला प्राप्त भइरहेको उल्लेख गर्दै आगामी यात्रामा सबैको सहयोग, साथ र प्रोत्साहनको अपेक्षा राखेको बताएका छन्।
खनालको दावेदारीसँगै व्यासनगर समितिको आगामी नेतृत्व चयनलाई लिएर स्थानीय राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ।