यी हुन् टाटा सुमाे दुर्घटनाका घाइते (नामावली)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् टाटा सुमाे दुर्घटनाका घाइते (नामावली)

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    दमौली, १२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    मंगलबार दिउँसो करिब १२ः४५ बजे लामा गाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटनामा घाइते भएका सबै १२ जनालाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा ल्याई उपचार भइरहेको छ। उनका अनुसार चालक शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। अन्य ११ जना घाइतेको अवस्था सामान्य रहेको उनले बताए।

    घाइते हुनेमा ५९ वर्षीय खेमबहादुर ठकुरी, ४० वर्षीया लक्ष्मी मल्ल, ३८ वर्षीय ढकबहादुर गुरुङ, १९ वर्षीया निशा गुरुङ, ३८ वर्षीया टिका गुरुङ, ३७ वर्षीया संगीता गुरुङ, ३३ वर्षीया सुचना गुरुङ, ५४ वर्षीया अन्जु ठकुरी, ८ वर्षीय एलबिक ठकुरी, १२ वर्षीय सौगात ठकुरी र ५१ वर्षीया झरिमाया खाँड रहेका छन्। उनीहरूमध्ये अधिकांशको हात, खुट्टा, टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमध्ये चार पुरुष, छ महिला र दुई बालबालिका रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।