पालिकाबाट प्रमाणीकरण भई आएका ११८ भूमिहीन लाभग्राहीको सूची सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पालिकाबाट प्रमाणीकरण भई आएका ११८ भूमिहीन लाभग्राहीको सूची सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८३, शुक्रबार

    दमौली, १५ साउन । जिल्ला भूमि समस्या समाधान समिति तनहुँले आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाबाट प्रमाणीकरण भई आएका ११८ जना भूमिहीन लाभग्राहीको नामावली सार्वजनिक गरेको छ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र ६ तथा बन्दीपुर गाउँपालिका वडा नं. १ र २ का सहजीकरण समितिबाट प्रमाणीकरण भई सम्बन्धित पालिकामा पुगेका तथा पालिकाबाट समेत प्रमाणीकरण गरी जिल्ला समितिमा पठाइएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लाभग्राही विवरण जिल्ला समितिबाट अन्तिम प्रमाणीकरण गर्ने प्रयोजनका लागि सूची प्रकाशन गरिएको हो। उक्त सूचीमा हाल जिल्ला समितिबाट रुजु गर्ने कार्य भने बाँकी रहेको जनाइएको छ।

    सार्वजनिक गरिएको विवरणअनुसार आँबुखैरेनी गाउँपालिकाका ४६ जना, बन्दीपुर गाउँपालिकाका ६५ जना र व्यास नगरपालिकाका सात जना गरी कुल ११८ जना लाभग्राहीको नामावली प्रकाशन गरिएको हो।

    तिवारीले पालिकाबाट प्रमाणीकरण भई आएका विवरणलाई जिल्ला समितिले आवश्यक रुजु तथा परीक्षण गरेपछि मात्र अन्तिम प्रमाणीकरण गरिने बताए।

    उनले भने, “स्थानीय तहबाट प्रमाणीकरण भई आएका लाभग्राहीको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको हो। जिल्ला समितिले कानुन र मापदण्डअनुसार प्रत्येक विवरणको रुजु तथा परीक्षण गरी अन्तिम प्रमाणीकरण गर्नेछ। यस प्रक्रियाले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले मात्र राज्यबाट उपलब्ध गराइने सुविधा प्राप्त गर्ने सुनिश्चितता गर्नेछ।”

    Screenshot
    Screenshot
    Screenshot
    Screenshot