एक घर : एक धारा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एक घर : एक धारा

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार

    तनहुँ/तनहुँको भानु नगरपालिका–५ मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभूत खानेपानी आयोजनाको “एक घर एक धारा” अन्र्तगत मैवलमा खानेपानी आयोजना निर्माण शुरु भएको हो । बहुवर्षीय योजना अन्तर्गत रु एक करोड लागतमा आयोजना निर्माण शुरु गरिएको खानेपानी उपभोक्ता समूहका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी आयोजनाबाट पोखरीथोक, चैनपुर र गोठादीका गरी करीब ७० घरधुरी लाभान्वित हुनेछन् । लिफ्टिङ प्रविधिबाट खानेपानीको मुहानबाट तानेर ट्याङ्की मार्फत् पानी घर–घरमा वितरण गर्नका लागि १० घनमिटर र २० घनमिटरको एक÷एक गरी दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    लामो समयदेखि खानेपानीको दुःख झेल्दै आएका यहाँका स्थानीयवासी घरमै खानेपानी आउने भएपछि खुशी भएका छन् । वर्षौदेखि खानेपानीका लागि कुवामा जानुपर्ने बाध्यता रहेकाले आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी अशोक खत्रीले जानकारी दिनुभयो । खानेपानी सुविधा नहुँदा बिहानै उठेर खानेपानीको जोहो गर्न जुट्नुपर्ने बाध्यता रहेको स्थानीयवासी राजु शाहीले बताउनुभयो । खानेपानी आयोजना निर्माणका लागि स्थानीयवासीले नै श्रमदान गरेका छन् । “सबेरै उठेर खानेपानीको जोहो गर्नु यहाँको स्थानीयवासीको दैनिकी हो,” उपभोक्ता समूहका सचिव श्रेष्ठले भन्नुभयो, “आयोजना निर्माणपछि खानेपानीको समस्याबाट मुक्ति मिल्नेछ ।”

    यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ र ५ का सर्वसाधारणलाई खानेपानी सुविधा पु¥याउन गण्डकी प्रदेश सरकारको सहयोगमा खानेपानी आयोजना निर्माण शुरु भएको छ । उक्त ठाउँका तीन सय घरधुरीमा खानेपानी सुविधा पु¥याउन रु एक करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको चुनपहरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सुरज जोशीले जानकारी दिनुभयो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाको काम शुरु गरिएको छ । खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि खानेपानीको अभाव झेल्दै आएका यहाँका स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ । घर–घरमा धारा नहुँदा यहाँका स्थानीयवासीले सार्वजनिक धारा र कुवा पंधेराबाट खानेपानीको जोहो गर्दै आइरहेका छन् ।

    गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याउन विशेष कार्यक्रम लागु गरेको छ । प्रदेश सरकारले घोषणा गरेको “एक घर एक धारा” कार्यक्रम अन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७ सय धारा निर्माण भई २ लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खानेपानीको सुविधा नपुगेका गाउँमा खानेपानी पु¥याउन बजेट विनियोजन गरेको छ ।

    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रत्येक घरधुरीमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य भएकाले खानेपानी योजना निर्माणका लागि रु दुई अर्ब ३९ करोड १२ लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षमा प्रदेश सरकारको विशेष पहलमा एक घर ः एक धारा कार्यक्रमका लागि सङ्घ सरकारले रु ३० करोड, आधारभूत खानेपानी पहुँच कार्यक्रमका लागि रु २० करोड बजेट विनियोजन गरेको थियो । प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पु¥याउन निर्माणाधीन आयोजनालाई आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जीर्ण तथा आंशिक रुपमा सञ्चालनमा रहेका खानेपानी आयोजनाको पुनर्निर्माण र मर्मत सम्भार गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको छ ।