


काठमाडौं, २२ असाेज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ ।
युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।
परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गरे ।
‘उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ,’ एसपी भट्टराईले भने
मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए ।
यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।