नेपालले दियो कुवेतलाई १४२ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले दियो कुवेतलाई १४२ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८२, बुधबार

    काठमाडौ, २२ असोज । नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४१ रन बनाएको हो ।

    नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाएका थिए  । यो कुशलको टी-२० खेलमा १२औं अर्धशतक हो  । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २० रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १६ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २, कुशल मल्लले ४, सन्दीप जोराले ५ र गुलशन झाले ५ बलमा २० रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले १ र नन्दन यादवले २ रन बनाएका थिए ।

    त्यसैगरी कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामारा २-२ विकेट लिए भने मोहमद अस्लाम र मोहमद आकिफ फारुकले एक एक विकेट लिएका थिए ।