बुटवल–तानसेन सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    बुटवल–तानसेन सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, शनिबार
    फाइल तस्वीर

    बुटवल/सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे ।

    पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिने गरी पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताउनुभयाे । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने बताइएकाे छ ।