तनहुँ/तनहुँको भानु नगरपालिका–९ पुर्काेटमा पहिराले पुरिएर साेमबार दुई जना महिला बेपत्ता भएका छन् । स्थानीय महेन्द्र धौरादीको घर पहिराले भत्किएर दुई महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उद्धारका लागि पुर्कोटबाट प्रहरीको टोली घटनास्थल जाँदै गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोल घटनास्थल जाँदै गरेको उहाँले बताउनुभयो ।