प्रोफर क्रसरको जेसिबी र एक्साभेटर प्रशासनको नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रोफर क्रसरको जेसिबी र एक्साभेटर प्रशासनको नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    तनहुँ/वर्षाकाे बेला पनि सेती नदीमा अवैध तरिकाले गिट्टी बलुवा उत्खनन् गरेको पाईएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ मा सञ्चालित प्रोफर कन्सट्रक्सन एण्ड क्रसर इण्डष्ट्रिजको दुईवटा जेसिबी र एउटा एक्साभेटर नियन्त्रणमा लिईएको छ । जिल्ला अनुगमन समितिले हालसालै सेती नदीबाट उत्खनन् गरेको पाएपछि जेसिबी नियन्त्रणमा लिएको हो । बा ३ क ११२४, ग १ क ४६०९ नम्बरका जेसिबी र बा २ क ९७१५ नम्बरको एक्साभेटरलाई अनुगमन  टोलीले नियन्त्रणमा लिएको छ ।

    “मापदण्ड मिचेर उत्खनन् गरेकाले नियन्त्रणमा लिएका हौँ । असार १ गतेदेखि भदौ १५ सम्म नदी र खोलामा मेसिनरी औजार प्रयोग गरी उत्खनन् गर्न पाईदैन्,” प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले भन्नुभयो, “नदीमा उत्खनन् गर्न बाटो खनेको देखियो । स्थानीयवासीले पनि रातिकाे समयमा एक्साभेटर खोलामा जान्छ भनेर सूचना दिनुभयो । त्यसैले थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो ।” उहाँका अनुसार अनुसार उद्योग वैध भए नभएको थप अनुसन्धान गरिनेछ । मापदण्ड मिचेर अवैध तरिकाले उद्योग सञ्चालान गरेको पाईएमा शिल गर्ने उहाँको भनाई छ ।

    उक्त क्रसर उद्योगमा पटक-पटक अनुगमन गरेर मापदण्ड विपरितका क्रियाकलाप बन्द गर्न सुझाव दिएपनि अटेरी गरेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले बताउनुभयो । उद्योग नगरपालिकामा पनि सुचीकृत नभएको उहाँले जानकारी दिनुभयो ।

    नगरपालिकामा मात्रै नभएर उद्योग विभागमा समेत दर्ता नभएको पाईएको छ । विसं २०६५ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको क्रसर उद्योगले एक वर्षदेखि नगरपालिकामा तिर्नुपर्ने जरिवाना रकम समेत तिर्न अटेरी गर्दै आएको छ ।

    आर्थिक बर्ष ०७५/७६ मा अवैध तरिकाले उत्खनन् गरेपछि नगरपालिकाले रु एक करोड ३१ लाख रुपैयाँ जरीवाना तोकेको थियो । गएको कात्तिकसम्म जरिवाना चुक्ता गर्ने प्रतिबद्धता जनाएको उद्योगले रु ४० लाखभन्दा बढी तिरेन । क्रसर उद्योग सञ्चालन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवदन (आइइई) तयार गरेको हुनुपर्छ । तर, उद्योगको आईई रिपोर्ट भने कुनै पनि निकायबाट स्वीकृत नभएको पाईएको छ ।