पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु (अपडेट)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु (अपडेट)

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    तनहुँ/तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीय शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुई जना बेपत्ता भएका थिए । बेपत्तामध्ये शिताष्माको उद्धार गरिएपनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ ।

    पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । तनहुँको व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । व्यास नगरपालिकाका एक जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।