नारायणगढ-मुग्लिङ एकतर्फी खुल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणगढ-मुग्लिङ एकतर्फी खुल्याे

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, मंगलवार

    चितवन/साेमबार पहिराे खसेपछि अवरुद्ध भएकाे नारायणघाट मुग्लिङ सडकखण्ड मङ्गलबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ । मुग्लिङकाे चारकिलाेमा खसेकाे पहिराे सफा गरेर ४:३० बजे एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिएकाे नारायणगढ मुग्लिङ सडक आयाेजनाले जानकारी दिएकाे छ ।

    अब पृथ्वी राजमार्ग अन्तरगत केबुलकार, चुम्लिङटार र फिस्लिङ्ग नजिकै पहिरो फाल्ने क्रम जारी छ । मङ्गलबार साँझसम्ममा नै चितवन जिल्ला भित्र पर्ने राजमार्ग सुचारु गराउने तयारी गरि काम भइरहेकाे छ। सडक डिभिजन भरतपुरले चितवन जिल्लाको राजमार्गमा मात्र पाँच वटा लोडर, छ वटा ब्याकहु र एउटा एक्साभेटर प्रयोग गरेर राजमार्ग सुचारु गराउने प्रयास गरिरहेकाे छ ।