स्याङ्जा/पहिराेले घर भत्किएर मङ्गलबार राति स्याङ्जामा एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका-१० बस्ने ५२ वर्षीया माया सारु रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।
प्रहरीले निजकी छाेरी २० वर्षीया नारायणी सारुलाई भने उद्धार गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार राति खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेका थिए । घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरिएकाे प्रहरीले जनाएकाे छ ।