आँबुखैरेनीका दश जनाको रिपोर्ट नेगेटिभ, क्वारेन्टिन खाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका दश जनाको रिपोर्ट नेगेटिभ, क्वारेन्टिन खाली

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    तनहुँ/आँबुखैरेनी गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका दश जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । साउन ५ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकामा बुधबार प्राप्त रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि नभएको हो ।

    यससँगै आँबुखैरेनी गाउँपालिकाका क्वारेन्टिन आजबाट खाली हुने भएको छ । रिपोर्ट नेगेटिभ आएकाहरुलाई बुधबार नै घर पठाउने तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । “हाल दश जना मात्रै क्वारेन्टिनमा हुनुहुन्थ्यो, उहाँहरुलाई आजै (बुधबार) घर पठाएपछि क्वारेन्टिन खाली हुन्छ ।”