बाढीपहिराेबाट विस्थापित परिवारलाई सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    बाढीपहिराेबाट विस्थापित परिवारलाई सहयाेग

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    तनहुँ/असार २९ गते परेकाे वर्षापछि आएकाे बाढीपहिराेबाट विस्थापित तनहुँकाे म्याग्दे गाउँपालिका-२ स्थित नयाँगाउँ र पिपलडिही टाेल विकास संस्थाका १९ परिवारलाई न्यु भिजन युवा क्लवकाे समन्वयमा राहत वितरण गरिएकाे छ । हाल काठमाडाैमा रहनुभएका क्लवका सदस्य बुद्धिमान श्रेष्ठ (गाैरीमान) ले उपलब्ध गराउनुभएकाे राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।

    क्लवका अध्यक्ष सन्दिप रानाभाटले बाढीपहिराेबाट विस्थापित घरलाई प्रति घर रु चार हजारका दरले रु ७६ हजार राहत रकम वितरण गरिएकाे जानकारी दिनुभयाे । बाढीपीडितलाई सहयाेग गर्नु सबैकाे दायित्व भएकाले क्लवका सदस्य श्रेष्ठले उपलब्ध गराउनुभएकाे रकम पीडितलाई हस्तान्तरण गरिएकाे रानाभाटले बताउनुभयाे ।राहत रकम पाउनेमा जामुनेका १२ र पिपलडिहीका ७ परिवार रहेकाे क्लवले जनाएकाे छ ।

    पीडितलाई राहत रकम वितरण गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले सामाजिक क्षेत्रमा क्रियाशील युवा क्लवले मानवीय सेवाका लागि गरेकाे सहयाेग उदाहरणीय रहेकाे बताउनुभयाे । साे क्रममा म्याग्दे गाउँपालिका-२ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, क्लवका सदस्य अर्जुनकुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्याे ।