गण्डकीका तीन जिल्लामा थपिए पाँच कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका तीन जिल्लामा थपिए पाँच कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    पाेखरा/गण्डकी प्रदेशका तीन जिल्लामा बिहीबार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । पर्वत र कास्कीमा दुई÷दुई र स्याङ्जामा एक जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार पर्वतको मोदी गाउँपालिकाका २५ वर्षीय पुरुष, ३१ वर्षीया महिला र स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षण अनुसार कास्कीको पोखरा महानगरपालिकाका २५ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

    सङ्क्रमित सबैलाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ५० पुगेको छ भने कोरोनाबाट निको हुनेको सङ्ख्या १ हजार ९१ छ । गण्डकी प्रदेशमा कोरोना परीक्षणका लागि बुधबारसम्म आएका सबै नमूनाको परीक्षण भइसकेको छ ।