ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सुमन नेपाली रहेको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

    डुम्रेबाट याम्पातर्फ गइरहेको ग १ त १२४४ नं को ट्याक्टर सडकबाट करीब २५ मिटर तल खस्दा नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा ट्याक्टर चालक र सहचालक भने घाइते भएका छन् । उनीहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    याम्पाको पहिरा गएका ठाउँमा एकतर्फी बाटोबाट अनियन्त्रित भई ट्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि दमौली ल्याइएको छ ।