कौडालले किन पाउनुभएन ‘मनको बह पोख्न ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कौडालले किन पाउनुभएन ‘मनको बह पोख्न ?

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    तनहुँ/व्यास नगरपालिका–१४ घर भई हाल साइप्रसमा रहनुभएका दुर्गानिधी कौडाल (नवराज) द्वारा रचित ‘मनको बोह’ बोलको गीत रेकर्ड भएको छ । गीतकार तथा सङ्गीतकार डा. श्यामसुन्दर चौधरीको आवाजमा उक्त गीतको शनिबार रेकर्ड भएको हो ।

    गजल, आधुनिक र रोइला गीत रचना गरिसक्नुभएका कौडालले माया पिरतीका शब्द समेटेर गीत रचना गरेको जानकारी दिनुभयो ।

    तिमीसँग मनको बह पोख्न पाको थिइन
    बाध्यताले तिमीसँग भेट्न पाको थिइन

    सुनेको थिए पराइसँग नाता जोड्दै छौ रे
    अजम्बरी भनेर लाएको माया तिमीले तोड्दै छौ रे

    तिमीसँग बाचा कसम खान पाको थिइन
    झुटो माया तिमीसँग मैले लाको थिइन

    यस अगाडी कौडालले आधुनिक गजल ‘भन्छन् नि त दुनियाँले’, रोइला ‘चुलबुले’ र लोक तथा आधुनिक ‘मर्म’ गीत रचना गरिसक्नुभएको छ ।