सुनसान फेवाताल (फोटो फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    सुनसान फेवाताल (फोटो फिचर)

    विनोद ढुंगाना

    १० श्रावण २०७७, आईतवार

    शब्द/ तस्बिर : विनोद ढुंगाना

     

    कोरोना सङ्क्रमण रोक्न गरिएको लकडाउन (बन्दाबन्दी) खोलिएपनि पोखराको फेवाताल अझै लक छ । सधै पर्यटकको चहलपहल हुने फेवा सुनसान छ । किनारमा पार्किङ गरिएका डुङ्गाहरु लक देखिन्छन् । फेवामा टिलपिल टिलपिल भएर बगिरहेको पानी पनि लक भएजस्तै देखिन्छ । हलचल नै छैन। लाग्दछ टक्क रोकिएको हो की जस्तै । किनारमा पर्यटकको आउजाउ नभएको महिनौँ बित्यो ।

    माेहनी लाउने फेवाको सौन्दर्यलाई नियाल्ने केही पनि छैन, साँझ बिहान हिँडडुल गर्ने पोखरेली बाहेक । फेवा मात्रै कहाँ होर सधैँ पर्यटकको कोलाहाल हुने लेकसाइड पनि उस्तै छ, शान्त अनि सुनसान ।

    हेर्नुस तस्बिरमा –