जब एक युवक मर्स्याङ्दीमा हाम फाले…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    जब एक युवक मर्स्याङ्दीमा हाम फाले…

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७७, आईतवार

    तनहुँ/तनहुँकाे बन्दीपुर गाउँपालिका-५ याम्पास्थित मर्स्याङ्दी नदीमा आइतबार एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गाेरखा पालुङटार नगरपालिका-८ घर भइ हाल डुम्रे बजारमा इलेक्ट्राेनिक पसल सञ्चालन गर्ने ३१ वर्षीय कृष्ण भट्ट रहेकाे प्रहरीले जनाएकाे छ ।

    मर्स्याङ्दी नदीमा हाम फालेका उनकाे खाेजी कार्य भइरहेकाे प्रहरीकाे भनाई छ । नदीमा हाम फालेकाे भन्ने सूचनाका आधारमा प्रहरीले बेपत्ता युवाकाे खाेजी कार्य गरेपनि उनी फेला पर्न सकेका छैनन् ।