गण्डकी प्रदेशमा थपिए तीन काेराेना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए तीन काेराेना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७७, आईतवार

    पाेखरा/गण्डकी प्रदेशमा आइतबार  तीन जना काेराेना सङ्क्रमित थपिएका छन् । थपिनेमा कास्की जिल्लाका एक र नवलपुर जिल्लाका दुई जना रहेकाे गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

    निर्देशक डा. विनाेदविन्दु शर्माका अनुसार पाेखरा महानगरपालिकाका २४, नवलपुरकाे गैडाकाेट नगरपालिकाका २४ वर्षीय पुरुष र ४० वर्षाया महिलामा काेराेना पुष्टि भएकाे हाे । सङ्क्रमितलाई आइसाेलेशन कक्षमा लैजाने तयारी गरिएकाे छ । याेसँगै प्रदेशमा काेरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ७५ पुगेको छ ।

    यसैगरी आइतबार ४९ जना कोभिड – १९ सङ्क्रमित व्यक्ति निको भइ घर फर्कनुभएको छ । यो संगै गण्डकी प्रदेशमा कोभिड १९ सङ्क्रमितकाे निकाे हुने सङ्ख्या १ हजार १ सय ९४ पुगेकाे छ ।