झाेलुङ्गे पुलबाट खसेर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    झाेलुङ्गे पुलबाट खसेर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    तनहुँ/झाेलुङ्गे पुलबाट खसेर तनहुँमा साेमबार एक वृद्ध बेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङ्गेपुलबाट खसेर ५८ वर्षीय बलबहादुर आले बेपत्ता भएका हुन् । बेपत्ता हुनेको खोजी कार्य भइरहेको छ ।

    यस्तै भीमाद नगरपालिका–६ स्थित सेती नदीमा साेमबार एक पुरुषको शव फेला परेको छ । नदी किनारमा पहिचान नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरुषको शव फेला परेको हाे । स्थानीयवासीले नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।