किञ्जलको जन्मदिनमा कोरोना कोषमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    किञ्जलको जन्मदिनमा कोरोना कोषमा सहयोग

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    तनहुँ / जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउने चलन बढ्दो छ । विश्व समुदाय नै कोरोना भाईरस (कोभिड–१९) को चपेटामा परेको बेलामा यहाँकी एक बालिकाले भने जन्मदिनमा गर्ने खर्च कोरोना राहत कोषमा जम्मा गर्नुभएको छ ।

    शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी किञ्जल अधिकारीले आफ्नो १३ औँ जन्मदिनको अवसरमा सोमबार नगरपालिकाले खडा गरेको कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन कोषमा रु १० हजार सहयोग गर्नुभएको हो । उक्त रकम किञ्जलसँगै उहाँका बुबा तारानाथ अधिकारीले शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा बोल्दै नगर प्रमुख गुरुङले सबैको सहयोगले कोरोना विरुद्धको अभियानमा सफल भईने बताउनुभयो । उहाँले प्राप्त सहयोगको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।