घर भत्किएकालाई शुक्लागण्डकीले २० हजार राहत दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    घर भत्किएकालाई शुक्लागण्डकीले २० हजार राहत दिने

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    तनहुँ / अविरल वर्षापछि पहिरो खसेर भत्किएका घरको शुक्लागण्डकी नगरपालिकाले राहत दिने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले क्षतिको आधारमा घरधनीलाई राहा दिने निर्णय गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।

    चार वटा मापदण्ड बनाएर राहत वितरण गर्ने उहाँको भनाई छ । पूर्ण क्षतिग्रस्त भएका घरलाई रु २० हजार, अति जोखिम भएका घरलाई रु १५ हजार, जोखिमयुक्त घरलाई रु १० हजार र आंशिक जोखिम भएका घरधनीलाई रु पाँच हजार दिइनेछ ।

    असार अन्तिम साता परेको अविरल बर्षापछि खसेको पहिरोले शुक्लागण्डकी नगरपालिका १२ वटै वडामा क्षति पुगेको छ । नगरपालिकाबाट खटिएका चार टोलीले प्रत्येक वडामा पहिरोले क्षति पुर्याएको घर, सडक, पुल, कुलो, खेतबारीको स्थलगत निरीक्षण गरिसकेको छ । नगरप्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाईली, नगरप्रवक्ता खिमबहादुर कुमाल र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वको चार टोली बाढी पहिरोको क्षति बुझ्दै घरघरै पुग्नुभएको थियो ।

    उक्त टोलीले सोमबारको कार्यपालिका बैठकमा प्रतिवेदन बुझाएको छ । घरबाहेक खानेपानीमा भएको क्षति चालु आर्थिक वर्षमा छुट्याईएको खानेपानी शीर्षकको बजेट रु दुई करोडबाट पूर्ति गर्ने नगरप्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो । उहाँका अनुसार भत्किएका कुलोको पुननिर्माण र खेतबारी पुरेर भएको क्षतिको राहा सिंचाई शीर्षकमा छुट्याएको रु २४ लाखबाट दिइनेछ ।