व्यासले बाँड्यो सर्वसाधारणलाई मास्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले बाँड्यो सर्वसाधारणलाई मास्क

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, मंगलवार

    तनहुँ । बन्दाबन्दी खुकुलो भएर बजारमा चहलपहल बढेपछि तनहुँको व्यास नगरपालिकाले मङ्गलबार सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोभिड–१९ को जोखिम कायम रहेको बेला सर्वसाधारण बिना मास्क हिँडडुल गर्न थालेपछि नगरपालिकाले विभिन्न चोकमा पुगेर मास्क वितरण गरेको हो ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गणेशमानचोक, प्रशासनचोक, भोर्लेटारचोक, ट्राफिक चोक लगायतका ठाउँमा पुगेर सर्वसाधारणलाई मास्क वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान दिनभर सञ्चालन हुने र करीब ८ सय थान मास्क वितरण गरिनेछ ।

    मास्क वितरणका लागि चार टोली परिचालन गरिएको छ । प्रत्येक टोलीमा दुई जना कर्मचारी खटाइएको छ । “अझै पनि कोरोनाको जोखिम कायमै छ, तर सर्वसाधारणले सामान्य स्वास्थ्य सुरक्षा अपनाएको पाइएन,” सोतीले भन्नुभयो, “कोरोनाको जोखिमबाट बच्ने उपाय जानकारी गराउँदै मास्क वितरण गरेका हौ ।”

    जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार मात्रै कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न सूचना जारी गरेको थियो ।