भीमादमा थपिए कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा थपिए कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भीमादका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

    कोरोना पुष्टि भएकालाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    बुधबार गण्डकी प्रदेशका तनहुँ सहित स्याङ्जा, बागलुङ र म्याग्दीका ५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३५ पुगेको छ ।