तनहुँ । पहिरोका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको तनहुँको ऑबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
ऑबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो । सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर सुचारु गरिएको छ । राजमार्ग दुईतर्फी रुपमा नै सञ्चालन गर्ने प्रयास भइरहेको छ ।