कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या ५१ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश

    कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या ५१ पुग्यो

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    काठमाडाै । नेपालमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरू दुबै जना पर्साका हुन्। वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको पुष्टि गर्नुभयाे ।

    दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिनुभयाे । वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

    डा. उपाध्यायका अनुसार उनी मिर्गौला रोगी समेत हुन्। त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको उहाँले बताउनुभयाे । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।