वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७७, शुक्रबार

    वीरगञ्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका  ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।

    ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

    पीसीआर रिपोर्ट नआउँदै बिहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो । उनमा निमोनीयाको जस्तै लक्षण देखिएको र स्वास्थ्य अवस्था पनि जटिल रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको डाक्टर  सिंहले जानकारी दिनुभयो ।  बेलुकी पौने ८ बजे मृत्यु भएका उनको प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएकोनारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

    यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण रहेको मेसु उपाध्यायले पुष्टि गर्नुभएको हो ।