बैङ्क जान नसक्नेलाई घरमै भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बैङ्क जान नसक्नेलाई घरमै भत्ता

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, शुक्रबार

    तनहुँ / बैङ्कसम्म जान नसक्नेलाई शुक्लागण्डकी नगरपालिकाका एक जना वडाध्यक्षले घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ । शुक्लागण्डकी नगरपालिका–७ का अध्यक्ष रामबहादुर क्षेत्री थापाले आफ्ना वडाका अति अशक्त र अपाङ्गलाई घरघरै पुगेर गत आर्थिक वर्षको अन्तिम चौमासिकको भत्ता वितरण गर्नुभएको हो ।

    लुम्बिनी बिकास बैङ्क खैरेनीटार शाखाको सहयोगमा शुक्रबार वडाका ५ जनालाई भत्ता वितरण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले वडाबासीको सहजताका लागी उहाँले यसअगाडी देखी नै घरघरै पुगेर भत्ता वितरण गर्दै आउनुभएको छ ।


    घरमै वडाध्यक्ष आएर भत्ता दिएपछि सजिलो भएको भोटेपानीका मोहन सुनारले बताउनुभयो । हिँडडुल गर्न नसक्ने उहाँले बैंकमा जान नपरेकोमा खुशी व्यक्त गर्नुभयो । बैङ्कसम्म जानलाई ट्याक्सी खोज्नु नपरेको सुनारले सुनाउनुभयो ।