पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    तनहुँ । पहिराे खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि शनिबार बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

    पहिराे खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।