काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा बकर इदको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा बकर इदको शुभकामना

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर–इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    वरिष्ठ नेता पौडेलले इस्लाम धर्मावलम्बीहरुको महान चाड बकर इदका अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति र परम्परा रहेको हाम्रो देशमा यस पर्वले एकापसमा सद्भाव, मेलमिलाप र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको भावना मजबुत बनाउन उत्प्रेरणाा दिनेछ, साथै राष्ट्रिय एकतालाई बलियो बनाउँदै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणमा समेत थप प्रेरणा दिने मैले विश्वास लिएको छु”, वरिष्ठ नेता पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।