वीरगञ्जमा कोरोना सङ्कमणबाट थप एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    वीरगञ्जमा कोरोना सङ्कमणबाट थप एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

    नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो ।

    र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयाे । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिनुभयाे ।