चितुवाको आक्रमणबाट बालिका घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चितुवाको आक्रमणबाट बालिका घाइते

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति ९ बजे चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

    घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट बालिका घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट घाइते बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको छ । चितुवाको आक्रमणबाट बालिकाको घाँटीमा चोट लागेको छ ।

    हजुरबुबा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा तीनमा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ,” बरालले भन्नुभयो ।