अख्तियारमा कार्यरत १५ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियारमा कार्यरत १५ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत १५ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै भन्नुभयाे, “संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको सङ्ख्या धेरै छ ।”

    त्यस्तै मङ्गलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब सङ्कलन गर्ने तयारी गरेको छ ।