नेकपा म्याग्देले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    नेकपा म्याग्देले बुझायो गाउँपालिकालाई ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दे गाउँ कमिटीले गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । निर्वाचन भएर जनप्रतिनिधिले कार्यकाल सम्हालेको तीन वर्ष पुग्दा पनि गाउँपालिकाको काम प्रभावकारी नभएको भन्दै नेकपा गाउँ कमिटी अध्यक्ष दिलबहादुर नेपाली र सचिव सोमबहादुर आलेले गाउँपालिका अध्यक्ष मायादेवी रानालाई मङ्गलबार ज्ञापनपत्र बुझाउनुभएको हो ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टिन र पिसिआर परीक्षणलाई निरन्तरता दिन माग गरिएको छ । बाढी पहिरोलाई नियन्त्रण गर्न खोलानालाको मापदण्ड कायम गरी कार्यन्वयन गर्नुपर्ने, प्राविधिकको सल्लाह बिना कच्ची बाटो निर्माण रोक्नुपर्ने र घर निर्माण गर्दा भूगोल तथा मापदण्डको ख्याल राखेर अनुमति दिन ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘’गाउँपालिकाको कार्यालय भवन नरङ्गे डाँडामा निर्माण गर्ने निर्णय भएको कुरा सुन्नमा आएकाले भौगलिक विचार गर्दा सो स्थान उपयुक्त नहुने हाम्रो पार्टीको ठहर छ । हामी विगतमा पनि बेलटारमा नै कार्यालय राख्नुपर्ने भन्दै आएकोमा वेवास्ता गरि निर्णय गरेकाले बेलटारमा मै होस भनी जोडदार माग गर्दछौँ,” ज्ञापनपत्रमा भनिएको छ । गाउँपालिकाको महत्वपूर्ण निर्णय गर्दा सर्वदलीय बैठक बोलाउनुपर्ने गाउँ कमिटी सचिव सोमबहादुर आलेले बताउनुभयो । फोहरमैला व्यवस्थापनमा लापरवाही भएकाले पनि ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो ।