आँबुखैरेनीका सङ्क्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्दा ४ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका सङ्क्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्दा ४ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, बिहीबार

    तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाका कर्मचारीमा काेराेना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा चार जनामा काेराेना पुष्टि भएकाे छ । काठमाडौंबाट तनहुँ फर्किएका उच्च जिम्मेवारीमा रहनुभएका कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गरिएकामा उहाँका परिवारमा काेराेना पुष्टि भएकाे हाे ।

    गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका ७, १४ र ८२ वर्षका पुरुष र एकजना ७२ वर्षीय महिला छन् । उनीहरु सबै सङ्क्रमित कर्मचारीका परिवारका सदस्यहरु हुन् ।

    पोखरा-८ मा बस्दै आएका ती कर्मचारीको ५ जना आफन्तको स्वाब परीक्षणका लागि दिइएकोमा  एकजनाको रिपोर्ट भने नेगेटिभ आएको छ । आँबुखैरेनीबाट कर्मचारी र जनप्रतिनिधि गरी २१ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएकाे छ ।