भुजेल गाउँमा बेलायत र हङकङबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भुजेल गाउँमा बेलायत र हङकङबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, बिहीबार

    तनहुँ । युके सहारा क्लव र हङकङबाट आएको एक टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ आँधीमूलस्थित भुजेल गाउँमा आर्थिक सहयोग गरेको छ । पोखरा निवासी गुरुङ चलचित्र निर्देशक कृष्णकुमार गुरुङको समन्वयमा उक्त टोलीले भुजेल गाउँमा पुगेर रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

    युके सहारा क्लवका सल्लाहकार चन्द्र गुरुङको नेतृत्वमा उक्त टिमले बुधबार भुजेल गाउँमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आर्थिक रुपमा विपन्न र पछाडी पारिएका भुजेल समुदायलाई केही राहत होस् भनेर सहयोग गरिएको जिल्ला समन्वय समिति तनहुँका सदस्य गल गुरुङले जानकारी दिनुभयो ।

    यसअगाडी युके सहारा क्लवका सल्लाहकार गुरुङले व्यक्तिगत रुपमा गत वर्ष रु ५० हजार बराबरको झुल र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । उक्त ठाउँमा करीब १ सय ६० घरधुरी भुजेलको बसोबास रहेको छ ।