काठमाडौ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा भारतको केन्द्रिय अन्वेषण ब्यूरो(सिबिआई)ले सिंहकी प्रेमिका रिया, रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआर दर्ता गरेको छ।
एफआईआरमा सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, स्यामुयल मिरान्डा र श्रुति मोदीको नाम छ।
सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिता(आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०-बी(आपराधिक षडयन्त्र) अन्तरगत उजुरी दर्ता गरेको छ।
हालै बिहार राज्यका मूख्यमन्त्री नीतिश कुमारले सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्न केन्द्र सरकारसमक्ष सिफारिस गरेका थिए। कुमारको सिफारिसलाई केन्द्र सरकारले स्वीकार गरेपछि अब घटनाको सिबिआई जाँच हुने भएको हो।
छोराले आत्महत्या गरेपछि सुशान्तका बाबु केके सिंहले केही दिन अगाडि पटना प्रहरीमा रियाका विरूद्ध एफआईआर दर्ता गरेका थिए।
सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहिता(आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०-बी(आपराधिक षडयन्त्र)का अलावा अन्य धारा पनि आफ्नो उजुरीमा समावेश गरेको छ।
सुशान्तकी प्रेमिका रहेकी रियाले सिंहको मृत्यु भएको एक महिनापछि ट्विट गर्दै भारतका गृहमन्त्री अमित शाहलाई अभिनेता सिंहको मृत्युको सिबिआई जाँच गर्न माग गर्नुभएको थियो ।
‘सर, म सुशान्त सिंह राजपूतको प्रेमिका हुँ। सुशान्तको मृत्युको एकमहिना भइसकेको छ। मलाई सरकारमाथि पूरा भरोसा छ। म चाहन्छु, यस घटनामा न्याय सुनिश्चित होस्, यसका लागि सिबिआई जाँच गराइयोस्। म सुशान्तले कुन दबाबमा यति ठूलो कदम उठाए’, उहॉले ट्विट गर्नुभएको थियो ।
रियाले यो ट्विट गर्दा सुशान्तले बलिउडमा रहेको भाइभतिजावादका कारण आफू च्यापिएपछि दबाब आएर आत्महत्या गर्नुपरेको चर्चा चलेको थियो।
तर सुशान्तका पिताले रियासहितका ८ जना विरुद्ध आर्थिक अपचलनसहित विभिन्न पाँच आरोप लगाउँदै बिहार प्रहरीमा उजुरी दर्ता गरेपछि मामिला बलिउडको भाइभतिजावादबाट पैसाको कोणतर्फ मोडिएको थियो।