कास्कीका थप ८ मा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीका थप ८ मा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, शुक्रबार

    पाेखरा । कास्कीका थप ८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार पोखरा महानगरपालिकाका चार पुरुष र चार महिलामा कोरोना पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका–१९ का ६८, ५८, ८८ र पोखरा महानगरपालिका–१५ का ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै पोखरा महानगरपालिका–१९ का ५७, ६०, ६० र पोखरा महानगरपालिका–३२ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

    शुक्रबार बिहानमात्रै पोखरा महानगरपालिकामा दुई जनामा कोरोना पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५ सय ८७ पुगेको छ ।