डिस होममा ‘डिलर दाइको डिसकाउन्ट’ विजेता लमजुङका श्रेष्ठलाई रु एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    डिस होममा ‘डिलर दाइको डिसकाउन्ट’ विजेता लमजुङका श्रेष्ठलाई रु एक लाख

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शुक्रबार

    लमजुङ । डिस होममा ‘डिलर दाइको डिस्काउन्ट’ विजेता लमजुङको मध्यनेपाल नगरपालिका निवासी ६४ वर्षीय बालचन्द्र श्रेष्ठलाई रु एक लाख प्रदान गरिएकाे छ । मध्यनेपाल नगरपालिका-२ का वडाध्यक्ष पदम बहादुर थापा र डिस होमका तनहुँ, लमजुङ र गोरखाका वितरक शुभलक्ष्मी डिटी एच नेटवर्क प्रालिका प्रोपाइटर कृष्णराज पण्डितले शुक्रबार स‌ंयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे ।

    लक्ष्मण पौडेलकाे इलेक्ट्रोनिक सोतीपसल जि एल ए एम ६ बाट रिचार्ज गर्दा श्रेष्ठले उक्त पुरस्कार प्राप्त गर्नुभएकाे हाे । डिसहाेमका गण्डकी प्रदेशका एरिया इन्चार्ज राजाराम पौडेलले वार्षिक रुपमा रिचार्ज गर्नेहरुमध्ये लक्की ड्र गरी दुई जनालाई रु एक/एक लाखक पुरस्कार प्रदान गरिएकाे जानकारी दिनुभयाे ।

    कार्यक्रममा नेटवर्क प्रालिका प्रोपाइटर पण्डितले तनहुँ, लमजुङ र गोरखामा डिस होमका ६० हजार ग्राहक रहेको जानकारी दिनुभयाे । एक लाख ग्राहक पुर्याउने लक्ष्य रहेकाे बताउनुहुँदै पण्डितले डिस होमले छिट्टै फाइवर नेट सञ्चालनमा ल्याउने बताउनुभयाे ।

    वडा अध्यक्ष थापाले ताररहित डिस होमको प्रयोग गर्न सके ग्रामीण बसिन्दाहरुलाई सूचनाबाट वञ्चित हुन नपर्ने बताउनुभयाे । साे क्रममा निर्दोष घिमिरे लगायतकाले डिस होमको फाइदा बारे जानकारी गराउनुभयाे ।