नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीम

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शुक्रबार

    तनहुँ । नेपाल सरकारको नमुना विद्यालय छनौटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।
    प्रविधिमा दक्ष बनाउने उद्देश्य सहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो ।
    सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टर लगायतका सामग्री सहयोग गरेको थियो ।

    साेही सामग्रीको प्रयोग गरेर शिक्षकशिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोवाइल एप सम्बन्धमा सहजीकरण गरिने विद्यालयका कम्प्युटर शिक्षक दिपक पन्तले बताउनुभयो ।

    Image may contain: 1 person, screen, office and indoor, text that says '"ज्ञान सीप, चरित्र र सेव निर्मल माध्यमिक वि व्यास १ तनहुँ शिक्षकहरुको क्षमता सूचना प्रविधि ताति उद्घाटन- मिति २०७७ /੪ २३ सम :निर्मत'

    नमुना विद्यालयका रुपमा छनौट भएको विद्यालयले रु एक करोड ८७ लाख ६० हजार बजेट प्राप्त गरेको छ । सोही रकमबाट योजनाका आधारमा गुरुयोजना सहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा प्रदान गर्न आठ कोठे भवन निर्माण गरिएको र खेलकुद सञ्चालनका लागि दुई वटा व्याडमिन्टन कोर्ट निर्माण गरिएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिनुभयो ।

    Image may contain: 2 people, people sitting and screen

    तालीममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले हरेक शिक्षक अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । नगरक्षेत्रभित्रका विद्यालयको प्रविधिमा खर्च गर्न सकिने गरी नगरसभाले रु ३५ लाख बजेट विनियोजन गरेको रेगमीले जानकारी दिनुभयो ।
    विद्यालयका अभिभावक शिक्षक सङ्घ अध्यक्ष सिर्जना तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।