रियल मड्रिड पराजित, सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रियल मड्रिड पराजित, सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    काठमाडौ । प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीले स्पेनिस ला लिगा च्याम्पियन रियल क्लब मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शीर्ष १६ को दोस्रो लेगमा २-१ गोलको जित निकाल्दै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा २-१ को जित निकाकेको सिटीले घरेलु मैदानमा पुनः २-१ गोलको जित निकाल्दै समग्रमा ४-२ को जितसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    सिटीको जितका लागि रहिम स्टर्लिङ र ग्याब्रीएल जेससले एक एक गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएका थिए ।

    खेलको नवौं मिनेट स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ग्याब्रीएल जिससको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा रियलका स्ट्राइकर बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । बेन्जेमाके रोड्रिग्योको पासमा गोल गर्दै पहिलो हाफमा खेल १-१ को बराबरीमा ल्याए ।

    तर दोस्रो सिटीले थप एक गोल गर्यो । खेलको ६८ औं मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता २-१ को पारे । त्यसपछि दुबै टोलिबाट थप गोल हुन नसकेपछि खेल २-१ गोलसहित समग्रमा ४-२ गोलले जित्दै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अब क्वाटरफाइनलमा अर्को चरणका लागि सिटीले फ्रेन्च लिग वान क्लब लियोनको समना गर्नेछ । लियोनले इटालियन सिरी ए च्याम्पियन युभेन्टसलाई समग्रमा २-२ को बराबरी खेले पनि अवे गोलको आधारमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।