गण्डकी प्रदेशमा थपिए २४ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए २४ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    पाेखरा । गण्डकी प्रदेशमा शनिबार २४ कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको ७ सय ८२ नमूना परीक्षणमध्ये २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्याङ्जा, म्याग्दी, कास्की र बागलुङका २३ पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्याङ्जामा सात, म्याग्दीमा एक, कास्कीमा तीन, बागलुङमा १३ जनामा कोरोना पुष्टि भएको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २९, पुतलीबजार नगरपालिकाका ९, ३०, ५१, ४०, ३९, ११, म्याग्दीको बेनी नगरपालिकाका २१, बागलुङको बागलुङ नगरपालिकाका ३०, २१, ३०, २२, २२, ३३, ३१, २०, ३५, ३४, २९, २२, ४१, कास्कीको पोखरा महानगरपालिकाका ५५, ५७ वर्षीय पुरुष र ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    तीमध्ये बागलुङका सङ्क्रमित महोत्तरी जिल्लाबाट आएका हुन् । अन्य जिल्लाका व्यक्तिमध्ये पोखरा महानगरपालिकाका एक र बेनी नगरपालिकाका एक भारतबाट आएका हुन् भने बाँकी सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु रहेका छन ।

    गत २४ घण्टामा पोखरामा ७ सय ८२ नमूना परीक्षण गरिएको थियो । जसमध्ये गोरखाको ५०, तनहुँको ५१, लमजुङको ६८, स्याङ्जाको १ सय ८३, बागलुङको ६१, म्याग्दीको ५५ र कास्कीको ३ सय १४ नमूना परीक्षण भएको छ ।

    शनिबार थपिएकासहित गण्डकी प्र्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय ११ पुगेको छ भने निको हुनेको सङ्ख्या १ हजार ४ सय ४३ छ । पछिल्लो २४ घण्टामा स्याङ्जाबाट ३०, म्याग्दीबाट ६, नवलपुरबाट २० र लमजुङबाट ४ जरी ६० जना निको भएका छन् ।